
घोराही, १६ कात्तिक । चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै छोड्दै आएको छ । तर पनि लुकिछिपी शहरदेखि गाउँसम्म जुवाका खेलहरु हुँदै आएका छन् ।
अहिलेको जुवा छापामा राजनीतिक नेता समेत परेका छन् । लमहीमा समातिएका जुवाडेहरु पाँच दिनमै छुटेका छन् । जुवाडेहरुलाई छुटाउन काग्रेस नेताहरुले प्रहरीलाई दवाव दिँदै आएका थिए ।
प्रहरीले लमही नगरपालिका वडा नम्बर ५ वाट ६ लाख ७८ हजार ५ सय नगद, १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा ३२ थान सहित ८ जना जुवाडे प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा लमही ५ का रत्न प्रसाद श्रेष्ठ, वडा नम्बर ८ का प्रताप खड्का, कर्ण बहादुर बुढाथोकी, अमर बहादुर तामाङ, मुकेश चौधरी, अशोक कुमार खड्का, वडा नम्बर ६ का भविराज सुनार र सोहि ठाउँका खिम पुन रहेका छन् ।
जुवामा पक्राउ पर्नेमा प्रताप खड्का कांग्रेस नेता स्व. खुमबहादुर खड्काका भतिजा हुन् भने पक्राउ पर्नेमा अर्का पनि कांग्रेस नेत कर्णबहादुर बुढाथोकी खुमबहादुरकै सम्धी हुन् ।
खुमबहादुरको आडमा भतिजा प्रतापले लमहिमा आफ्नो राज गर्दै आएका थिए भने बुढाथोकि भने गएको प्रदेश सभा सदस्य दावी गरेका थिए । पक्राउ परेका सुनुवार माओवादी कार्यकर्ता हुन् ।
जुवा खेलाउने रत्नप्रसाद श्रेष्ठ हालै मात्रै कांग्रेसमा प्रवेश गरेका हुन । कांग्रेसमा प्रवेश गरेका श्रेष्ठ लमहि उबासघका अध्यक्ष पनि हुन । श्रेष्ठले आफ्नो पदिय मर्यादा नै भुलेर जुवा खेलाउदै आएका थिए ।
सुरुमै जुवा खेलमा प्रहरि भित्र छिरि सकेर दर्शक बनेर जुवा हेरि रहेका थिए । लमहीको प्रहरी टोलिले जुवा नसमातेपछि घोराहीको प्रहरी टोलिले जुवामाथि छापा हानेको थियो ।
प्रहरी छिरेको जुवाडेहरुले पत्तै पाएन । ठुलो रकमको जुवा खेल्ने तयारी भएतापनि प्रहरी आत्तिहालेर सुरुमै छापा हानेको थियो ।
जुवाकै सुरुमै प्रबेश गरेका प्रहरी आत्तिएपछि प्रहरिले नजिकैको लमहिको वडा प्रहरी कार्यालयलाई फोन हान्यो । जुवाडेहरु जम्मा हुदै थिए । तर लमहीको प्रहरी खासै आत्तिएन ।
प्रहरीले फोन गरेको झन्डै आधा घण्टासम्म जुवा भएको घरमा लमहिको प्रहरि पुग्न ढिला गर्यो । प्रहरि नै त्यहा पुग्न ढिला गरेपछि थप प्रहरी टोली घोराहीबाट गएको थियो ।
जुवा भएको आधाघण्टापछि मात्रै लमहीको प्रहरी टोली पुग्नुले ढिलो गरेर नियन्त्रण गर्न खोज्नुले पनि जुवामा प्रहरीको सेटिङ थियो कि भन्ने आशंका थप बल पुगेको छ ।
प्रहरीले मेहनत गरेर जुवामा छापा हाने पनि एसपिले पाँच दिनमै जुवाडेहरुलाई छाडिदिए । ठुला जुवा प्रहरीले समात्न नसकेको भनेर एसपिले कडा आलोचना खेप्दै आएका छन् ।
अघिल्ला वर्षहरुमा दसैँ तिहारमा थुप्रै ठुला जुवाहरु समातिएपनि यसपालिको दसैँ तिहारमा खासै प्रहरीले ठुला जुवा समात्न नसक्दा चारैतिरवाट आलोचना खेप्दै आएको हो । तत्कालिन एसपि धिरजप्रताप सिँहको कार्यकालमा गुन्डागर्दि पुरै ध्वस्त पारीएको थियो ।
जुवापनि सिँहको कार्यकालमा लगभग नियन्त्रणमा रहेको थियो । तत्कालिन एसपि कृष्णहरी शर्माका कारण विचमा जुवा धेरै मौलायो । अहिलेका एसपिले पनि जुवामा खासै प्रगति हासिल गर्न सकेका छैनन् ।
यसअघि पुरानै संयन्त्रले थुप्रै जुवामाथि छापा हानेपनि अहिले प्रहरीले साना जुवामात्रै टार्गेट गरेको छ । तर, ठुला जुवा जिर्वाधरुपमा चलिरहेका छन् ।
जुवामा दाङ प्रहरीले खासै ठुलो सफलता पाउन सकेको छैन । केही दिन अगाडि मात्रै पनि दाङ प्रहरीले जिल्ला भरिका जुवा खेलाउनेलाई पक्राउ गरेपनि पछि तारिखमा छाडेको थियो ।
तर जुवाडेले सहि नाम नदिएर प्रहरीलाई झुक्याउने गरेका छन । सामान्य मुद्धामा २५ दिनसम्म हिरासतमा राखेर दुख दिने प्रहरीले राजनितिक दवावमा लमहीका पक्राउ जुवाडेहरुलाई छाडिएको बुझीएको छ ।













प्रतिक्रिया