२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति भण्डारीले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । शनिबार साँझ गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति भण्डारीले छठ पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेको हुन् ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित थिए ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।