११ मंसिर २०८३, शुक्रबार

नेकपाले आइतबार बस्ने बैठकबाट उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिबार बसेको सचिवालय वैठकले उपनिर्वाचनका लागि पार्टिबाट उम्मेद्ववार चयन गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो ।

पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल भएको बताइएको छ ।

अब आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिइएकाे छ ।