
काठमाडौं, १६ कात्तिक । इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज हेमबहादुर शाही विवादमा तानिएका छन् ।
तरुण दल बााकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानविनको दायरामा तानिएका हुन् । शाहीमाथि अनुशन्धान शुरु भैसकेकाे बताइएकाे छ ।
तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जना पक्राउ परेपछि अडियो सार्वजनिक भएकाले दुवै पक्षमाथि शंका गर्नुपर्ने देखिएको प्रहरीले जनाएकाे छ ।
शुक्रबार दिउासो तरुण दलका केन्ऽीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर बरामद हतियार शाहको नभएको दाबी गरेका थिए । उनले हतियारको फिंगर प्रिन्ट जााच गर्न माग गरेका थिए ।
प्रहरी अधिकृत भने हतियार शाहकै भएको विषयमा दृढ छन् । प्रहरी प्रधान कार्यालयका अनुसार भने ‘हालसम्म प्राप्त विवरण अनुसार हतियार शाहकै भएको देखिन्छ ।’
अडियोको विषयमा चाहिा शाहीमाथि कारबाही हुनसक्ने देखिएको छ । अधिकृतका अुनसार हतियार बरामद प्रकरणको अनुसन्धान सकिएपछि डीएसपी शाहीलाई प्रदेश प्रहरी वा प्रहरी प्रधान कार्यालयमा तानेर विस्तृत अनुसन्धान गरिनेछ ।
डीएसपी शाहीले भने हतियार कारमा लुकाएर राखिएको अवस्थामा आफुले बरामद गरेको बताउदै आएका छन् । शाहीले आफुले कसैसंग पनि खसि नमागेको दाबी गरेका छन् ।











प्रतिक्रिया