३ कार्तिक २०८३, मंगलबार

नेकपाको सचिवालय बैठक बस्दै, टिकटबारे छलफल हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपनिर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बस्ने बैठकमा मंसिर १४ गतेको उपनिर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ ।

नेकपाका एक नेताका अनुसार उपनिर्वाचनमा पार्टीको तर्फबाट कसलाई टिकट दिने भन्ने विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले सचिवालयको बैठक बोलाउन शुक्रबार नै निर्देशन दिएका थिए ।