धनगढी, १६ कात्तिक । कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडका छोरालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षीय पारस जोशीलाई ईटा प्रहार गरी घाइते बनाएपछि प्रहरीले मेयरका २० वर्षीय छोरा निखिल ओडलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भईरहेको उनले बताए । जोशीको निधारमा चोट लागेको छ ।
अर्कै व्यक्तिलाई प्रहार गरेको इट्टाले जोशीलाई लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र बयानका आधारमा पक्राउ परेका व्यक्तिलाई मुद्धा लगाइने प्रहरी प्रवक्ता बस्नेतले बताए ।











प्रतिक्रिया