२८ आश्विन २०८३, बुधबार

महराको बयान सकियो, थुनछेक बहस आइतबार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ कात्तिक । काठमाडाैँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा आज बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा आज महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो ।

काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार आज ३ बजेसम्म कार्यलय समय भएपनि ५ः३० बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नभएकाले आइतबार हुने जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निर्वातमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक सात गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो जुन हिजो सकिएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ । –रासस