
दाङ, १५ कात्तिक । दाङमा ट्याक्टर पल्टिँदा तीन बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका ५ चिसापानीमा रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना उनीहरुको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका ६ मनिकापुरका ११ वर्षीया निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको दाङ प्रहरीले जनाएको छ ।
ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिँदा ट्याक्टरमा २६ जना सवारमध्ये २३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर रहेका छन् ।
गढवा गाउँपालिका ६ मनिकापुरबाट भैलो खेली उठेको पैसाले चिसापानीमा पिकनिक खाई घर फर्किने क्रममा ट्याकटर दुर्घटना भएको थियो ।
घाइतेको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भइरहेको छ ।













प्रतिक्रिया