काठमाडौं, १५ कात्तिक । विधान मिचेर ५० बर्ष नाघेकालाई नेपाल विद्यार्थी संघको सभापति बनाउन लागेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्तामाथि सभापति शेरबहादुर देउवाले अश्लील गाली गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी मुख्यालय पुगेका देउवाविरुद्ध नेवि संघका कार्यकर्ताले विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेपछि उनको मुखबाट यस्तो अपशव्द निस्किएको हो ।
विरोधमा सहभागी भएका विद्यार्थीलाई अश्लिल गाली गरिएको उपस्थित नेता कार्यकर्ताले बताएका छन् । विरोधका क्रममा देउवाले सुन्नै नसकिने गाली कार्यकर्तालाई गरेका हुन् ।
नेपाल विद्यार्थी संघमा ३२ बर्ष ननाघेकालाई सभापति बनाउने विधान पास भएको थियो । तर पार्टीले भने ५० बर्ष नाघेकालाई सभापति बनाउने तयारी गरेको थियो । सोको निर्णायार्थ केन्द्रीय समिति बैठक बोलाइएको हो ।











प्रतिक्रिया