
काठमाडौं, १५ कात्तिक । पटक–पटक बिरामीको ज्यान लिएको अभियोगका कारण विवादमा तानिएको बिराटनगरस्थित डा. ज्ञानेन्द्र कार्की सञ्चालक रहेको बिराट नर्सिङ होम फेरि सुत्केरीको मृत्यु गराएका कारण विवादमा तानिएको छ ।
उनै कार्कीले सञ्चालन गरेको बिराट मेडिकल कलेजमा सुत्केरी गराउनका लागि उपचारार्थ भर्ना भएकी दुहवी नगरपालिका–८ की रमिला कार्की र नवजात शिशु समेतको मृत्यु हुनेगरी गलत उपचार गरिएको आफन्तको आरोप छ । जसका कारण बिराट नर्सिङ होममा ठूलो संख्यामा विरोध प्रदर्शन भएको थियो ।
बिराट मेडिकल कलेजबाट सुत्केरी कार्कीलाई थप उपचार गर्न नर्सिङ होसममा पुर्याइएको थियो । दुवै डा. कार्कीले सञ्चालन गरेका व्यावसायीक प्रतिष्ठान हुन् ।
मंगलबार विराट मेडिकल कलेजमा रमिलाले छोरा जन्माइन् । उनको रक्तश्राव रोकिएन । त्यसपछि डाक्टरले पाठेघर फ्याँकिदिए । होस नखुलेपछि बुधबार दिउँसो विराट नर्सिङ होममा ल्याएर भेण्टिलेटरमा भर्ना गरिएको थियो । मेडिकल कलेजमा उपचारमा गल्ती गरेपछि बचाउन सकिएलाकी भनेर कार्कीको सल्लाहका आधारमा नै नर्सिङ होम लगिएको थियो ।
यतिमात्र होइन, भर्खरै जन्मिएका नवजात शिशुको पनि अस्पतालले सुरक्षा गर्न सकेन । उनको पनि मृत्यु भयो । सिकारु डाक्टरलाई शल्यक्रिया गराइएको भन्दै मृतकका परिवार आक्रोशित छन् । वार्तामा राखेर दुई जनाको ज्यान जानेगरी गरिएको गलत उपचारलाई सहमति गराउने समन्वय प्रशासनले गरिरहेको छ ।











प्रतिक्रिया