
काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।
शुक्रबार ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा
ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।— KP Sharma Oli (@PM_Nepal) November 1, 2019













प्रतिक्रिया