काठमाडौं, १५ कात्तिक । नेपाल तरुण दलले नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहको साथबाट बरामद भएको हतियार प्रहरीले राखेको आरोप लगाएको छ ।
झूठा बाहना बनाएर शाहलाई फसाएर तरुणलाई दुख दिन खोजेको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।
नेपालगञ्ज–१३ निवासी शाहसँगै दिनेशकुमार शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई विहीबार राती प्रहरीले हतियारसहित पक्राउ गरेको थियो ।
शाहको साथबाट बरामद भएको भनिएको हतियारको फिङ्ग प्रिन्ट जाँच गर्न माग गर्दै विज्ञप्तिमार्फत बस्नेतले भनेका छन्,‘सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणहरुलाई दुःख दिने नियतमा प्रहरी लाग्यो ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।











प्रतिक्रिया