११ मंसिर २०८३, शुक्रबार

महराविरुद्धको थुनछेक बहसले कुन आदेशमा पुर्‍याउला ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । सरकारी वकिलको कार्यालयले बलात्कार प्रयास गरेको निश्कर्षसहित ५ बर्षको कैद सजाय माग गर्दै विहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेपछि शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा थुनछेक बहस हुने भएको छ ।

फौजदारी अभियोगका दोषी पाइएका महराले नशाको तालमा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा प्रहरी अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा तिहारअघि बुझाएको थियो ।

सोही प्रतिवेदनको अध्ययनपछि वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको थियो । प्रहरीले ७ बर्ष कैद सजायसहितको राय दिएको थियो । तर वकिलको कार्यालयले ५ बर्षको मात्र सजायको माग गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा महराले डिएनए परिक्षणलगायतका अनुसन्धानका अन्य प्रक्रियामा असहयोग गरेका थिए । यतिमात्र नभएर बिमारी हुँदा नर्भिक अस्पतालमा भर्ना समेत भएका थिए ।

शुक्रबार महराविरुद्ध सरकारी वकिल र महराका वकिलले थुनछेक बहस गर्नेछन् । प्रहरीले दिएका कतिपय प्रमाणलाई अदालतमा पेस गरिनेछ । रोशनी शाहीको कोठामा पुगेको भिडियो फुटेज, शाहीले प्रहरीलाई उपलव्ध गराएका भिडियो फूटेज, सार्वजनिक भएका कल रेकर्ड र एसएमएस सरकारी वकिलका तर्फबाट बलियो प्रमाण हुनेछन् ।