११ मंसिर २०८३, शुक्रबार

विशिष्ट व्यक्ति चढ्ने नेपाली सेनाकाे जहाज आउँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेपाली सेनानले खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आउँदैछ ।

नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो ।

बुधबार नै उक्त जहाज नेपालका लागि उडेको र शनिबार दिउँसोसम्म काठमाडौंमा अवतरण गर्ने जानकारी नेपाली सेनाले जनाएकाे छ ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो।

जहाजको मूल्य करीब साढे तीन अर्बको हाराहारीमा रहेको छ। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

नयाँ जहाज विशेष विशिष्ट व्यक्तिहरूको उडान, मेडिभ्याक, मारिटाइम पेट्रोलका लागि प्रयोग हुन सक्ने गरी बनाइएको छ ।