
घोराही, १४ कात्तिक । देव विकास बैँकका सिइओ बिजयलाल श्रेष्ठले तत्कालीन बेष्टर्न बैँक हालको देव विकास बैँकको झण्डै १८ करोडको हिनामिना बैँक मर्ज भएपछि मात्र पत्ता लागेको जानकारी दिएका छन् ।
हिनामिना प्रकरणमा प्रहरीले सबैमाथि मुद्धा चलाई सकेकोमा ब्रान्च म्यानेजर र लोन अधिकृतसहित पाँच जना पुर्पक्षमा र केही धरौटीमा छुटेका छन् । बैँक सन्चालकहरु र बेष्टर्न बैँकका सिइओ सबैजसो फरार रहेको प्रहरीले अभियोग दर्ता गर्नेक्रममा उल्लेख गरिसकेको छ ।
मुद्धामाथि अनुसन्धान सुरु भए देखि नै बैँक सन्चालकहरु र सिइओ र खातावालहरु फरार हुँदै आएका थिए ।
दाङको बेष्टर्न बैँकसँग मर्ज भएपछि यती ठुलो १८ करोड रकम हिनामिना भएको थाहा भयो, जनताको पैसा जसरी हिनामीना भयो । मर्ज नभएको भए थाहा हुँदैनथ्यो, यो हिसाबले के देखियो भने देवसँग मर्ज हुनु भन्दा अगाडी तत्कालीन बेष्टर्न बैँकमा यस प्रकारका कामहरु भएकाले घटनाले पनि पुष्टि गरिसक्यो ।
देव विकास बैँकका सिइओ श्रेष्ठले भने । हामी जसरी पनि हिनामीना भएको जनताको पैसा असुल उपर गरेर छाड्छौँ । अब बेष्टर्न बँैकको समग्र फुल अडिट पनि हेर्छौँ ।
बैंकले प्रहरीमा उजुरी दिनुका साथै दोषी देखिएका बैँक सन्चालकहरु, सिइओ, बैँकका कर्मचारीहरु र खातावाल गरेर ५६ जना विरुद्ध सबैमाथि मुद्धा चलाइसकेकाले अब अदालतले सबै कुरा फैसला गर्नेछ । अदालतले दोषी देखिने सबैलाई कारबाही गर्छ नै ।
अहिले अर्को बैँकसँग मर्जको कुरा त भएको छैन । तर, भविष्यमा अरु बँैकसँग पनि मर्ज हुन सक्छ । सिइओ श्रेष्ठले तत्कालीन बेष्टर्न बैक मर्ज भएपछि घोटाला प्रकरण बाहिर आएपनि मर्ज हुनु भन्दा अगाडि पनि उक्त बैँकमा यस्ता घटना हुन सक्ने भएपनि मर्ज भएपछि सबै कुुराको रहष्य खुलेको बताए ।













प्रतिक्रिया