
काठमाडौँ, १४ कात्तिक । काठमाडौँको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।
आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । घाइते सबैको उद्धार गरिएको छ ।
ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।













प्रतिक्रिया