
काठमाडौं, १४ कात्तिक । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन हिंसा गरेको आरोप लगाएको विषयमा महराले भनेका थिए– मलाई फँसाइयो ।
प्रहरी कस्टडीमा अनुसन्धानका क्रममा रहेका महराले फँसाइएको र आफू निर्दोष रहेको बताउँदा अनुसन्धानमा सहयोग गरेका छैनन् । प्रहरीले उनको डिएनएसहित अन्य विविध उपकरणको जाँच गर्न खोजेका छन् । तर महराले रगत दिएका छैनन् भने मोबाइलसहितका अनुसन्धानमा सहयोग गर्ने अन्य उपकरण दिन नमानेको बताइएको छ ।
जसका कारण प्रहरीलाई उक्त प्रकरणमा अनुसन्धानमा प्रमाण जुटाउनका निम्ति निक्कै कठिन भइरहेको छ ।
अपराधस्थल भनिएको सुविधानगरस्थित घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको तलुवालगायतका सामग्री महराको भए नभएको पुष्टि गर्नका लागि डिएनए जाँच गर्न खोजिएको थियो ।
जिल्ला अदालत, काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो । उनले अदालतको आदेशको पनि अबहेलना गरेका छन् ।
सरकारी वकिलको कार्यालयमा प्रहरीले रायसहित बुझाएको प्रतिवेदनमा रगत दिन नमानेको व्यहोरा प्रहरीले उल्लेख गरेको छ । अन्य प्रमाणसहित उसले ७ बर्ष कैद र जरिवानाको राय समेत दिएको छ ।
१३ असोजमा शाहीले आरोप लगाउँदै विभिन्न मिडियामार्फत महराले आफूलाई यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । प्रहरीले १९ असोजमा महरालाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया