२८ आश्विन २०८३, बुधबार

जनचेतनामुलक देउसीबाट १ लाख रकम संकलन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, १४ कात्तिक । जनचेतनामुलक देउसी भैलोबाट एक लाख रुपैयाँ रकम संकलन भएको छ । “छिमेकी आउलान् आँगन छोरीचेली मागन, गर्नु हुन्न बाल विवाह, भैलो भन ……भैलो”, सेलरोटी पाक्लान तेलमा बालविहे गरे जेलमा, बिहे गर्नु २० वर्ष पारी भैलो भन ……भैलो ।

“छोराछोरी पढाउनु, अशिक्षालाई हटाउनु, स्कुल पठाउ सरर, भैलो भन ……भैलो, “नेता आउलान आगन चुनाव भोट मागन रोजगारी विकास मागनु भैलो भन ……भैलो, क) हे, देउसी भैलो नखेल्या कति भो  पाचँदेखि दस वर्ष जति भो, पछ्यौरी लेउ बैना (सै सै) पछ्यौरी लेउ बैना, चर्पी जादा हात धुने साबुन छकी छैन ?

यी हरफ कुनै कवि गोष्ठीका नभै देउसी भैलोका जनचेतनामूलक गीतहरु हुन् । यी उल्लेखित शब्दमा देउसी खेलेर मानिसहरुमा जनचेतना फैल्याउँदै परम्परासँग रमाइएका थिए ।

रुकुम पश्चिमको एक विद्यालयले देउसी भैलो खेरेर जनचेतना फैलाएको छ । रुकुम पश्चिमको आठबिसकोट १४ स्थित जनविकास मावि ज्यामिरकोटले तिहारको अवसरमा देउसी भैलो खेलेर सचेतना फैल्याएको हो ।

उक्त देउसी भलो बाट करिब १ लाख १ हजार २ सय ७५ दक्षिणा प्राप्त भएको छ । उक्त रकम आर्थिक समस्या भएका विद्यार्थीको पढाइका लागि र डेस्क बेन्च निर्माणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक दिपक सङगम थापाले बताए ।

देउसी भैलो बाट पनि सचेतना फैल्याएको भन्दै आठबिसकोटबासी विद्यालयप्रति खुशी भएका छन् । विद्यालयको समग्र विकासका लागि अझै सहयोग गर्न चाहनेहरुलाई सधैँ स्वागत गर्न तयार भएको प्रधानाध्यापक थापाले जानकारी दिए ।