२८ आश्विन २०८३, बुधबार

भक्तपुरमा साझा पार्टीद्धारा सुरज प्रधानलाई उम्मेदवारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । साझा पार्टीले मंसिर १४ मा हुने उपनिर्वाचनमा सुरज प्रधानलाई भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जनाकारी दिए ।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय गर्नुहुन्छ ।

पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध उहाँले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन् ।

सुसंस्कृत राजनीति र समतामूलक संमृद्धिको राजनीतिक यात्रालाई अघि बढाउन सो पार्टी जनतासमक्ष मत हाल्नका लागि पनि अपील गरेको छ ।

साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमकाबीच औपचारिक घोषणा गर्दैछ ।