११ मंसिर २०८३, शुक्रबार

महराविरुद्ध आज जिल्ला अदालतमा अभियोजनपत्र दर्ता हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दर्ता गर्दैछ ।

थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले दिएको पछिल्लो सात दिनको म्याद आज सकिने भएसागै सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्ने तयारी गरेको हो ।

महराविरुद्ध आजै थुनछेक बहस सुरु हुने जनाईएको छ ।

बहस गर्ने वकिलको संख्या धेरै भए आज बहस सकिने छैन । नत्र आजै साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ ।

तिहार अघि १९ दिनसम्म प्रहरीले अनुसन्धानको काम नसकिएको भन्दै महरालाई पटक पटक म्याद थप गरेको थियो । अन्तिम पटक थपिएको सात दिनको समय आज सकिएपछि अब मुद्दा दर्ता गर्न लागिएको हो ।