काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक आज मृगौलाको डायलाइसिस गरिँदैछ ।
बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएको अस्पताल स्रोतले जनाकारी दिएको छ। डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो ।
साँझ भने उहाँलाई क्याबिनमा सारिएको थियो।
प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन् ।
शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ । दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ ।
प्रधानमन्त्री ओलीको पहिलो पटक साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यसबेला प्रधानमन्त्री ओलीको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो । त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुरमा उपचार गराई भदौ २० गते फर्कनुभएको थियो ।











प्रतिक्रिया