११ मंसिर २०८३, शुक्रबार

एक कल फोन गर्न हिमाल चढ्छन् यहाँका जनता !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउापालिका–६ का लेखबहादुर बुढा आफन्तसाग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिाडेर गाउाभन्दा माथि हिमालमा पुग्नु उहााको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाा दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ ।

उहाा भन्नुहुन्छ, ँमजस्तै यहााका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउापालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउामा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउनुहुन्छ ।

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डााडामा पुग्नु बाध्यता भएको उहााको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । अग्लो हिमाल र अग्ला डााडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाा गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताउनुभयो ।

फोन नहुादा जहाा पनि हिाडेर गई खबर गर्नुपर्दा निकै दु:ख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सिमानासाग जोडिएको मुड्केचुला गाउापालिका जुम्लाको सिमानासाग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ ।

मुड्केचुला गाउापालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाा स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाा कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउापालिका र काइके गाउापालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छााटकााट देखिएको छैन ।

विगत लामो समयदेखि चिनियाा स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएसागै यहााका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन् ।

चीनको डिस्याट कम्पनीसागको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्ऽीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिनुभयो ।

मुड्केचुला गाउापालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउामा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुादै आएको गाउापालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

जतिपटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उहााको भनाइ छ । -रासस