
काठमाडौँ, १५ फागुन । पोखरा र चितवनमा तारे होटल संचालन गर्दै आएको सम्राट ग्रुपले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी काठमाडौँ र लुम्बिनीमा पनि दुई वटा नयाँ होटल खोल्ने घोषणा गरेको छ ।
चितवनको बागमारास्थित ल्याण्डमार्क फरेष्ट रिसोर्टको प्रथम बार्षिकोत्सवको अवसर पारेर सम्राट ग्रुपले होटल क्षेत्रमा थप लगानीको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा सम्राट ग्रुप अफ कम्पनीका कार्यकारी प्रमुख सीएन पाण्डेले भन्नुभयो, “यो रिसोर्ट स्थापना गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई उच्च स्तरिय सेवा प्रदान गर्दे स्थानीय रुपमा रोजगारीको सृजना र बाताबरणीय पर्यावरणमा समेत योगदान दिने लक्ष्य छ र ल्याडमार्ककै चेनको रुपमा लुम्विनी र काठमाडौमा समेत स्तरीय होटल स्थापना गर्ने सोचको साथ गृहकार्य गरिरहेका छौ ।”

होटल ल्याण्डमार्क पोखरा सञ्चालन भएको ७ बर्ष पछि सम्राट ग्रुपले ल्याण्डमार्क फरेष्टपार्क चितवनको स्थापना गरेको थियो । चितवनलाई पनि उत्कृष्ट पर्यटकीय नगरीको रुपमा स्थापित गराउने हेतुको साथ सुरु भएको ल्याण्डमार्क फरेष्ट रिसोर्टले यस अवधिमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु भिर्याउन सफल भएको कार्यकारी प्रमुख पाण्डेले बताउनुभयो ।
स्थापनाकालदेखि नै ल्याण्डमार्क फरेष्टपार्क चितवनले आफ्ना पर्यटकहरुलाई उच्चस्तरीय सेवा प्र्रदान गरी हजारौँ आन्तरिक र बाह्य पर्यटकहरुलाई चितवन भित्र्याउन सफल भएको छ । यस ठाउँको कला तथा सँस्कृतिलाई जगेर्ना गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत प्रचारप्रसार गरी स्थानीय बासिन्दाको आर्थिक बृद्धि समेत भएको सम्राट ग्रुपको दाबी छ ।
चितवनको बागमारामा डेढ बिगामा फैलिएको ल्याण्डमार्क फरेष्टपार्कमा ५१ ओटा रुम छन् । जसमा ३ ओटा सुइट र ४९ वटा डिलक्स रुमहरु रहेको छ । पाँचतारे होटलको जस्तै सेवा सुबिधाहरु रहेको यस रिसोर्टमा २ सय भन्दा बढी अट्ने हल, पौडीपोखरी र अन्य आधुनिक सुबिधाहरु समेत रहेको बताइएको छ ।















प्रतिक्रिया