११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, बिहीबारसम्ममा डिस्चार्ज गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ कात्तिक । ग्रान्डी अस्पतालले वुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । प्रधानमन्त्रीको आवश्यक स्वास्थ्य जाँच पूरा भएपछि आजै राति अथवा भोलिसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ’, ग्राण्डीको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ । सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अभवा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ ।’

विज्ञप्तिमा प्रा.डा. दिव्यासिंह शाह र डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । सिंह नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभाग ग्रान्डी इन्टरनेशनल अस्पतालकी डाक्टर हुन् भने पाण्डे मेडिकल डाइरेक्टर हुन् ।