काठमाडौँ, १५ फागुन । राष्ट्रिय बीमा संस्थानले विगत केही समयदेखि विविध कारणबस स्थगित गरेको वैदेशिक रोजगार म्यादी जीवन बिमा निकट भविष्यमा पुनः सञ्चालन गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई सुविधा तथा सहुलियत दिन जिवन विमा सञ्चालनमा ल्याउन लागिएको हो । जीवन विमा
सञ्चालनमा ल्याउन राष्ट्रिय विमा संस्थानको केन्द्रीय कार्यालयमा संस्थान र पुनर्बिमक स्कोर ग्लोबल लाइफ से, सिङ्गापुरबीच सम्झौता भएको हो ।
संस्थानले वैदेशिक रोजगार बिमाबाट वार्षिक रु ३० करोडको कारोबार गर्ने लक्ष्य राखेको छ । यो विमा सम्झौंता कार्यान्वयन भएपछि हजारौं प्रवासी नेपाली कामदार लाभाम्वित हुनेछन् ।
















प्रतिक्रिया