२९ आश्विन २०८३, बिहिबार

प्रेसरकाे औषधिले खराब गर्छ र ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । साइड इफेक्ट सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ ।

खानेकुराहरूको पनि आफ्नै किसिमको साइड इफेक्ट हुन्छ । चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ । नून धेरै भएमा प्रेसर बढ्छ ।

चिल्लो धेरै खाएमा रगतमा कोेलेष्ट्रोल बढ्छ जसले मुटुरोगको खतरा हुन्छ । यसो भनेर खानेकुरा पनि नखाने त ? खाना किन खान्छौं भन्दा स्वस्थ रहन ।

ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधिहरूको पनि आफ्नै किसिमका साइड इफेक्टहरू छन् ।

ती सबै साइड इफेक्टहरू सधै सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०– ३० वर्षको लगातार औषधि सेवनपछि देखिन्छन् ।

डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेकजाँच गरिरहेमा साइड इफेक्टहरू हुन थालेको तरुन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ ।

साइड इफेक्ट गर्छ भनेर औषधि शुरू नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसी, ह्दयाघात हुने, मृगौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरू हुन सक्छन् । जुन असरहरूको तुलनामा औषधिको साइड इफेक्ट केही होइन ।