११ मंसिर २०८३, शुक्रबार

शंखधर साख्वाको नामबाट साँगा-फूलचोकी रूटको नामाकरण गरिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा बाटोको नाम राख्ने घोष्णा गरेका छन् ।

भक्तपुरको साँगादेखि काठमाडौँको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण साख्वाको नामबाट राख्ने घोषणा गरिएको हो ।

नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मध्यपुर ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ ।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर सुरु भएको नेपाल संवत नेपाली जनताको संवत भएको उल्लेख गर्दै आगामी वर्षबाट सो सम्वत मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने पनि बताए ।