११ मंसिर २०८३, शुक्रबार

टीकापुरमा छिमेकीले बञ्चरो प्रहार गर्दा एकजनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर, १२ कात्तिक । कैलाली जिल्लाको टीकापुरमा छिमेकीले बञ्चरो प्रहार गर्दा एकजनाको ज्यान गएको छ ।

टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो ४ बजेतिर सामान्य विवाद मिलाउन खोज्दा छिमेकीको बञ्चरो प्रहारबाट अर्का छिमेकीको ज्यान गएको हाे ।

३२ वर्षीय मोतीराम चौधरीकाे घरमा सामान्य विवाद र झैझगडा भएको थियो । सोही क्रममा नजिकै घर भएका छिमेकी २८ वर्षीय खुशिराम चौधरीले सम्झाइबुझाई गर्न खोज्दा मोतीरामलाई प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

बञ्चरो प्रहारबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका खुशिरामको टीकापुर अस्पतालमा ज्यान गएको डिएसपी भट्टले बताए । डिएसपी भट्टका अनुसार बञ्चरो प्रहार गर्ने मोतीराम भने प्रहार गरेर उखु बारी हुँदै भागेका छन् ।