काठमाडाैं, १२ कात्तिक । नेपाली क्रिकेट टिमका कप्तानबाट राजीनामा दिएका पारस खड्काको बारेमा चाँडै नै छिनोफानो हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न भन्दै पत्र पठाएको महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।
जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा सामाजिक सञ्जालमा आएको कुरा सही भएको बताएका छन् ।
पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग न्यून भएको पनि महासचिव प्याकुरेलको भनाइ छ ।
पारसले आफ्नो चाहनाअनुसार कप्तानी पदबाट राजीनामा दिएको र अब क्यानले यसको प्रक्रियाका बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने महासचिव प्याकुरेलले बताए ।
पारसले राजीनामा दिएपछि अबको कप्तान को भन्ने धेरै प्रश्नहरू उठिरहेका बेला अहिलेको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर नै पहिलो रोजाइमा पर्ने सम्भावना छ ।















प्रतिक्रिया