
काठमाडौँ, ११ कात्तिक । भक्तपुर, सूर्यविनायक नगरपालिका ७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडा समेत ८ जनालाई नगद २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने ३८ वर्षीय तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत ६ जनालाई नगद ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक ताससहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गुल्मीको गुल्मीदरवार गाउँपालिका ७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका १२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई नगद २ लाख ८२ हजार ४ सय २२ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वर्दियाको राजापुर नगरपालिका १ बस्ने गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नगद ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी वर्दिया, बाँसगढी नगरपालिका ९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने प्रताप थारु लगायत ९ जनालाई नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चितवन, खैरहनी नगरपालिका १ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका १ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जनालाई नगद १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थाब कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका १४ महेन्द्र चोकस्थित महिनी पाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका ८ बस्ने ४२ वर्षीय कुल बहादुर भुजेल लगायत १२ जनालाई नगद ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, लमही नगरपालिका ५ लमहीबजार बस्ने ४८ वर्षीय रत्न प्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्न प्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया