११ मंसिर २०८३, शुक्रबार

ओली–प्रचण्ड भेट, के भयो कुराकानी ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटका क्रममा १४ मंसिरको उप निर्वाचनलाई लिएर कुराकानी भएको बताइएको छ । हाल अध्यक्षबीच फाटो रहेको भन्ने चर्चाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

दुई अध्यक्षले अब सचिवालय बैठक डाकेर दुई अध्यक्षबीच फाटो ल्याउने हिसाबले जथाभावी मिडियामा नचाहिँदो सूचना दिन नहुने, उम्मेदवार टुंगो लगाउने र सरकारका काम कारबाहीका बारेमा पार्टीमा छलफल हुनुपर्ने विषय उठाउने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली आइतबार असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिएर अजरबैजानबाट फर्किएका थिए । त्यहाँ नेपाल सरकारले गरेको प्रस्तुतीका विषयमा पनि परामर्श भएको थियो ।