११ मंसिर २०८३, शुक्रबार

१६ लाख अवैध नोटसहित २ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ११ कात्तिक । प्रहरीले ठूलो परिमाणको अवैध नोटसहित विभिन्न स्थानबाट २ जनालाई पक्राउ गरेको छ  ।

उनीहरूको साथबाट स्वदेशी र विदेशी गरी १६ लाख ७५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ  ।

प्रहरीको विशेष टोलीले जलेश्वर नपा ३ स्थित दशगजा क्षेत्रबाट जनकपुर उपमहानगरपालिका ८ का ३२ वर्षीय विजय महासेठलाई शनिबार बिहान ५ लाख ७५ हजार भारतीय नोटसहित पक्राउ गरेको हो । बरामदमध्ये २ हजार दरका सय थान र बाँकी ५ सय दरका नोट छन् ।

टोलीले एक घण्टाको अन्तरालमा फेरि अर्का युवालाई स्रोत नखुलेको मोटो रकमसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका अनुसार मटिहानी नपा २ आवर गाउँ पुगेको टोलीले जनकपुरतर्फ जाँदै गरेका मटिहानी ६ का २४ वर्षीय जीवनकुमार पूर्वेलाई तलासीका क्रममा उनले बोकेको झोलाबाट विभिन्न दरका नोटसहित ११ लाख रुपैयाँ बरामद गरेको हो ।

सीमा क्षेत्रमा नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने गिरोह सक्रिय रहेको सूचना आधारमा पिछा गर्दै जाँदा महासेठ र पूर्वे पक्राउ परेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।