११ मंसिर २०८३, शुक्रबार

लैंगिक हिंसाका अपराधी जो सुकै भएपनि उम्कदैन : मन्त्री थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन् ।

उनले सरकारले समाजमा शान्ति, सुरक्षा र अमनचयनको वातावरणमा बस्न पाउने नागरिकको हक अधिकारको रक्षार्थ अपराधी ठुलो सानो जस्तो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताइन् ।

शनिबार लैँगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिका काठमाडौँले आयोजना गरेको ‘महिला र पुरुषको समान सहभागिता, हिंसा रहित समाज आजको आवश्यकता’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले लैगिक हिंसामा सहभागी व्यक्ती उम्कन नपाउने बताएकी हुन् ।

मन्त्री थापाले सरकारले यसै वर्ष इतिहासमै पहिलो पटक मन्त्रीपरिषद बाट निर्णय गरेर लैगिंक हिंसा विरुद्धको अभियान बर्ष मनाउने घोषणा गरेको बताइन् ।

उनले त्यसैअनुरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैगिक हिंसा न्युनीकरणका लागि देशभर नै स्थानिय तह र प्रदेशका जनप्रतिनिधिहरु संग कार्यक्रम संचालन गर्न गइरहेको बताइन् ।

मन्त्री थापाले महिलाले गरेका राम्रा कामहरुको बारेमा पनि विश्वास गर्न सक्ने वातावरण अझै बन्न नसकेको बताइन् ।

लैंगिक हिंसा न्यूनीकरणमा सञ्जालले गरेका कामहरुको विषयमा तयार गरिएको स्मारिकाको विमोचन गर्दे नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले पछिल्लो समय सरकारले अपराधीहरुलाई बचाउ नगरेकोमा धन्यावाद व्यक्त गरे । उनले सरकारसँग जुनसुकै व्यक्ति भएपनि निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरे ।

प्रदेश सांसद योगेन्द्र संग्रौलाले समाजमा विभिन्न खालका अपराध हुने बताए । उनले समाजमा हुने अपराधका विभिन्न रुपहरु भएपनि महिला र बालबालिकामा भइरहेका अपराध बाहिर आउनु आवश्यक भएको बताए ।

सांसद संग्रौलाले समाजका उच्च वर्गका वलिया मान्छेहरुले गरेको कुनै पनि प्रकारको हिंसा सहन नहुने बताए । उनले सबै हिंसाको खुलेर आवाज उठाउन आग्रह गरे ।