
वीरगन्ज, ९ कात्तिक । वीरगन्ज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक गोली हानी हत्या भएको छ ।
गत बिहीबार साँझ घरबाट निस्किएका बुनिलाल चौरसीयाको हत्या गरी शव पोखरीको डिलमा फालिएको अवस्थामा शनिबार फेला परेका थियो ।
शवको नारायणी अस्पतालमा पोष्टमार्टम भएको छ । उनको शरीरका विभिन्न ठाउँमा गोली लागेको देखिएको छ । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार टाउको र छातीमा २–२ र नाइटोमा १ गरी पाँच गोली लागेको छ ।
चौरसीयाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पतिलाई शुक्रबार राती नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज ६ माइस्थानका दिपक किशोर अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका अग्रवाल दम्पतिको घरमा शुक्रबार राती नै प्रहरीले खानतलासी गरेको छ । खानतलासीका क्रममा अग्रवालको घरभित्र रगतको थोपा भेटिएको स्रोतको दावी छ । चौरासियाको शव कपडाले बेरेर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया