११ मंसिर २०८३, शुक्रबार

उपराष्ट्रपति पुनले पुर्ख्यौली घरमा तिहार मनाउने, रोल्पा पुगिसके

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनको यस पटकको तिहार पुर्ख्यौली घर रोल्पामा हुने भएको छ । दिदीबहिनीको हातको टिका लगाउन उनी रोल्पा पुगिसकेको बताइएको छ ।

परिवर्तन गाउँपालिका–२ राङ्सीको डाँडागाउँमा उनको पुरानो घर रहेको छ । दोस्रो कार्यकालको उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक उनी पुर्ख्यौली घर पुगेका हुन् ।

उनले गत वर्षको तिहारमा आफ्नो एकमात्र दिदीको हातबाट टीका लगाउन पाएका थिएनन् । उपराष्ट्रपति पुनलाई रोल्पालीहरुले झाँकी तथा बाजागाजासहित स्वागत गरेका छन् ।