
पोखरा, ८ कात्तिक । मंसिर १४ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ काे लागि रवीन्द्र पत्नी विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिसको सहमति गरेको हो ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।











प्रतिक्रिया