११ मंसिर २०८३, शुक्रबार

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ कात्तिक । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुतालमा को.३० प ५६२७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक देवानगंज गाउँपालिका ७ बस्ने २१ वर्षीय रबिन्द्र मेहताको उपचारको लागि अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय दिपेश कुमार यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका ९ सल्यानी पधेंरामा भे.१ त ५१०७ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खस्न गई दुर्घटना हुँदा टयाक्टर चालक सानोभेरी गाउँपालिका १ बस्ने २२ वर्षीय महेन्द्र बिक र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय चन्द्र बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको कमला नगरपालिका २ तेलहियास्थित सडकमा ज.१२ प ६०५२ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कमला नगरपालिका ३ पर्सा बस्ने २७ वर्षीय जित नारायण साहको उपचारको लागि जनकपुरबाट बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।