११ मंसिर २०८३, शुक्रबार

आलमलाई थप ८ दिन थुनेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । २७ चैत, ०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटका मृतक र घाइतेलाई इटा भट्टामा मारिएको अभियोगका मुख्य योजनाकार मोहम्मत अफताब आलमलाई थप ८ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतले अनुमति दिएको छ ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आलमले त्यसबेला चुनाव आफ्नो पक्षमा पार्न बम बनाउन लगाउँदा विस्फोट भई केही घटनास्थलमा हताहत भएको र घाइतेलाई नजिकैको इटा भट्टामा मारिएको दाबी गरिएको छ ।

१२ बर्षअघिको उक्त घटनाका मुख्य योजनाकार आलम रहेको र तत्कालिन प्रहरी र प्रशासनसम्मको मिलोमतोमा घटना दबाइएको अभियोगमा अनुसन्धान जारी रहेको छ ।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै समय माग गरेको थियो ।