११ मंसिर २०८३, शुक्रबार

नेपाली चलचित्रका नायक लाखौँ ठगेर फरार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । नेपाली चलचित्रका नायक सुनिलदत्त पाण्डे अध्यक्ष रहेको सहकारीले ९० जनाभन्दा धेरैको पैसा खाएर बिचल्ली बनाएको छ ।

काठमाडौंमा रहेको पाण्डेको सहकारीले पैसा डुबाइदिएपछि पीडितहरूले मुद्धामामिला गरेका छन् । अध्यक्ष पाण्डेलाई पक्राउ गर्न ३५ दिने पक्राउ पुर्जी पनि जारी भएको छ । तर, पाण्डे लुकेर बसेका छन् ।

०७१ सालमा नै पाण्डेको सहकारी डुबेको पीडितहरूले बताएका छन् ।

पाण्डे अध्यक्ष रहेको सहकारीका सदस्यहरूमा प्रमोदप्रसाद मानन्धर, रमेश मानन्धर, राजीव लामा, रामकुमार पाण्डे र शैलेन्द्रदत्त पाण्डे रहेका छन् । शैलेन्द्र पाण्डेको निधन भइसकेको छ ।

अध्यक्ष पाण्डेसहित सबै जनाविरुद्ध ०७४ माघ १ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा चलेको थियो । प्रहरीले त्यस बेला सहकारीका चार जना सदस्यहरूलाई पक्राउ गरेको थियो । अध्यक्ष पाण्डे फरार रहेकाले पक्राउ परेका छैनन् ।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको धरौटीको आदेशलाई बदर गरी पुर्पक्षमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले सहकारीका अध्यक्ष पाण्डेका नाममा २०७६ भदौ १५ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।