११ मंसिर २०८३, शुक्रबार

महरालाई अनुसन्धानका लागि तेस्रोपटक ७ दिनको म्याद थप

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । बलात्कार आरोपमा हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि तेस्रो पटक सात दिनका लागि म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई सात दिनको अनुमति दिएको दिएको छ ।

यो म्याद बिहीबारदेखि नै लागु हुने जनाइएको छ । असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै हुने भएको छ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले कात्तिक ३ गते आइतबार पाँच दिनका लागि म्याद थप गरिएको थियो ।

त्यसअघि असोज २८ महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।