११ मंसिर २०८३, शुक्रबार

कात्तिक १३ मा सार्वजनिक विदा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले बिदा दिएको जानकारी दिए ।

नेवार समुदायले केही दिनअघि आफूहरुको भाइटीका पर्ने दिनमा बिदा दिन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । नेवारी समुदायले पञ्चाङग निर्णायक समितिले भने तिहारको भाइटीका कात्तिक १२ गतेलाई तोकेको छ ।

‘किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधबारका दिन सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।