११ मंसिर २०८३, शुक्रबार

बझाङमा वडा अध्यक्ष र सैनिक जवानद्वारा एक वृद्धमाथि कुटपिट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ६ कात्तिक । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सैनिक जवानको निर्घात कुटाईबाट बझाङमा एक वृद्ध सख्त घाईते भएका छन् ।

बझाङको खप्तड गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तिलक खड्का र उनका भाई सैनिक जवानसमेत रहेका चक्र खड्कासहित करिब दश जनाको समुहले स्थानीय ७५ वर्षीय वृद्ध डबल बहादुर खड्कामाथी निर्घात कुटपिट गरेका हुन् ।

धनकुटाको सल्लेरी व्यारेकमा कार्यरत सैनिक चक्र खड्का दशैं मनाउन बझाङ आएका थिए । गत ३ गते राती करिब ८ बजे तिर रक्सी खाएर वडा अध्यक्ष, सैनिक जवान सहित करिब दश जनाको समुहले वृद्धमाथि कुटपिट गरी गोठमा बेवारिसे रुपमा छोडेको स्थानिय उज्ज्वल खड्काले बताए ।

खुट्टामा गम्भिर चोट लागेको खड्काको राजधानीको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको स्थानिय प्रहरी चौकीका इन्चार्ज भुवन बोहोराले जानकारी दिए ।