
दाङ, ६ कात्तिक । आफ्नै श्रमतीको हत्या गरी फरार रहेका एकजना पक्राउ परेका छन् ।
दाङको साविक चैलाही गा.वि.स.वडा नं. २ हाल लमही नगरपालिका वडा नं.५ कोईलाबास रोड बस्ने बर्ष ३० को प्रदिप कुमार जयसवाललाई प्रहरीले पक्राउ गरेको हो ।
२०७० असार २५ गते आफ्नै श्रीमती प्रिति जयसवालको कर्तव्य गरी हत्या गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट २०७४ पुष १७ गते १८ वर्ष ०८ महिना १९ दिनको कैद सजाय फैसला भएको थियो ।
हालसम्म फरार रहेका प्रदिप कुमार जयसवाललाई खोजतलास गर्दै जाँदा मंगलबार बेलुका लमही नगरपालिका वडा नं. ५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।











प्रतिक्रिया