
काठमाडौं, ६ कात्तिक । विभिन्न माग राखी आन्दोलनमा रहेका आर्यघाटमा अन्तिम संस्कारका लागि खटिने श्रमिकसँग सहमति भएको छ । अब, उनीहरू शव जलाउनेलगायतका काममा फर्किएका छन् ।
मृगस्थली क्षेत्रमा अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्यमा संलग्न हुने श्रमिकहरुले सेवासुविधा बढाउनुपर्ने माग राखी आन्दोलन थालेका थिए । सो क्रममा उनीहरू शव जलाउने काम पनि ठप्प पारेका थिए ।
बुधबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको वार्तामा सहमति भएको छ । पारिश्रमिक वृद्धि, अवकाश हुँदा पाउने उपदानमा वृद्धि, स्वास्थ्य बिमाको व्यवस्था तथा काम गर्न सुरक्षित उपकरणको व्यवस्था हुनुपर्ने लगायतका मागमा सहमति भएको छ ।
नियमानुसार ५० हजार, १ लाख र १ लाख ५० हजार उपदानका रुपमा पाउने रकमलाई वृद्धि गरेर क्रमश १ लाख ५० हजार, ३ लाख र ५ लाख बनाउने विषयमा सहमति भएको छ । उपचारका लागि दिइने ५ हजार र २० हजारलाई पनि बढाएर १५ हजार र ३० हजार बनाउने भएको छ ।











प्रतिक्रिया