
काठमाडौं, ६ कात्तिक । संखुवासभा, पाँचथर, काभ्रे, रुपन्देही र गुल्मीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
संखुवासभा, पाँचखपन नगरपालिका ६ वाना बजारस्थित पार्किङ गरी राखेको को. ३६ प ८८०३ नम्बरको मोटरसाइकलले थिचेर सोही ठाउँ बस्ने राज कुमार श्रेष्ठको ५ वर्षीय छोरा सिमन श्रेष्ठको मृत्यु भएको छ ।
सोमबार साँझ उक्त मोटरसाइकलमा खेल्ने क्रममा लडेर थिच्दा गम्भीर घाइते भएका सिमनको उपचारका लागि धरान घोपा हुँदै हेल्पिङ हेन्ड्स अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, पाँचथर हिलिहाङ गाउँपालिका ७ सल्लेरीस्थित सडकमा मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्नेक्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
को. १२ प २६३ नम्बरको मोटरसाइकल ना. ३ ख ५६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मंगलबार दिउँसो दुर्घटना भएको थियो ।
कुम्मायक गाउँपालिका ५ बस्ने २७ वर्षीय सुनिल सम्वाहाम्फेको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको बनेपा नगरपालिका ७ स्थित सडकमा बा.१८ च ३९५२ नम्बरको बलेरो जिपले बा.५० प ४४४७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार पाँचखाल नगरपालिका ७ बस्ने ४० वर्षीया सिता काफ्लेको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुवै सवारी साधन र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीस्थित सडकमा रोकी राखेको ना.६ ख ६१०२ नम्बरको ट्रकमा लु.२० प ९३२३ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका उक्त मोटरसाइकलका चालक करिब ३५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका ३ नयाँखानीस्थित सडकमा लु. १ च ४५८६ नम्बरको बलेरो जिपको ठक्करबाट मंगलबार बेलुका गम्भीर घाइते भएका जिपमा सवार सोही गाउँपालिका नयाँखानी बस्ने ४८ वर्षीय झम बहादुर बिकको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त जिपबाट सामान खसेकोले जिप रोकी सामान टिप्ने क्रममा जिप पछाडि गुडेर उनलाई ठक्कर दिएको थयो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया