११ मंसिर २०८३, शुक्रबार

सालकको खपटा र निगालो बाघको छालासहित २ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ कात्तिक । काठमाडौं महानगरपालिका २६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा र निगालो बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करिब १ केजी ४ सय ग्राम सालकको खपटा र ३ फिट ११ ईन्ज निगालो बाघको छालासहित २ जना मंगलबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरान चोक गाँउपालिका ६ घर भएका २२ वर्षीय केशव अर्याल रहेका छन् ।

दुर्लभ वन्यजन्तुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त खपटा र छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई उक्त खपटा र छालासहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।