
काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । ह्याप्पी तिहार चिसो वियर गीत निकाल्ने थापाले समाजमा कुरीति झल्किने शव्दको प्रयोग गरेको भनी उजुरी परेको थियो ।
प्रशासन कार्यालयले पक्राउका लागि महानगरीय अपराध महाशाखामा पत्राचार गरेपछि बालाजुबाट उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिए ।
थापा तिजमा हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा भन्ने गीतका कारण चर्चामा थिए । त्यसपछि सोही भाकालाई दिपकराज गिरीको फिल्म छमाया छपक्कका लागि प्रमोशनल बनाइएको थियो ।
उक्त गीतमा पनि दिपाश्री निरौलाका सन्दर्भमा लेखिएको शव्दमा थापा विवादीत बनेका थिए ।















प्रतिक्रिया