३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको चुनावी मैदानमा भूटानीहरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । आफ्नो जन्मसिद्ध अधिकार कसैले खोसे पनि !

भाषा, धर्म, संस्कार र संस्कृतिमा आगो नै झोसे पनि !!

खुला छ आकाश, खुला छ धर्ती उडेर जाहाँ गए पनि,

मर्दैनन् इच्छा, मर्दैनन् विचार अरूले जति नै ठोसे पनि !!

जहाँ इच्छा शक्ति छ त्यहाँ सहयोग छ, जस्को आँट र हिम्मत छ उसको पक्का सफलता छ । आफ्नो जन्मसिद्ध अधिकार सम्पन्न राष्ट्रबाट बन्चित हामी लाखौं नेपालीभाषी भूटानीको कथा सबैको मनमस्तिष्कमा आलै छ ।

संसारमा कस्ता कस्ता महान् व्यक्तिहरू, महान् राष्ट्रनायकहरू ! महान् नेताहरू आफ्नै जनताले भोट दिएर नै संसार परिवर्तन गर्नमा होमिएका र सफल पनि भएका छन् ।

कोही बेला संसार परिवर्तन र संसारलाई नयाँ दिशातिर डोर्याउन नेतृत्वहरू भोट माग्दै गर्दा र जनताहरू भोट गरिरहेका बेला हामी शरणार्थी शिविरमा प्रतिनिधि, सेक्टर हेड र क्याम्प सचिवलाई भोट लगाउन सिकिरहेका थियौं ।

आज त्यो समयले परिवर्तन गरेको छ, हाम्रो भाग्य पनि परिवर्तन भएको छ, संसार कै शक्तिशाली राष्ट्रमा भोट लगाउन पाउने भएका छौं । त्यति मात्र होइन भोट माग्ने पनि हाम्रै इतिहासका आलो घाउका पात्रहरू नै छन् ।

यस पटकको चुनावमा हाम्रा तीन जना नेपाली भाषी भूटानी अग्रजहरूले आफू बसेको सिटिमा सिटी काउन्सिलमा उम्मेदवारी दिनुभएको छ।

यो अत्यान्तै खुसी एवं हर्षको विषय हो । जित र हार आफ्नो ठाउँमा छ तर सहभागी बन्नु र बन्न दिनु नै ठूलो कुरा हो ।बिभिन्न परिस्थिति अनुसार कोहि बेला बिभिन्न बिषयहरूमा बैचारिक लडाईहरु हुन सक्छन तर समयले त्यसलाई किनार पनि लगाउदैं जानेछ ।

कुशल नेतृत्व दिनु र यो प्रतिस्पर्धी समाजमा सफल लिडर बन्ने जिम्मा वहाँहरू कै काँधमा छ । यदि कोहि पनि नेपालीभाषी अमेरिकी उल्लेखित उम्मेदवारको क्षेत्रफलमा हुनुहुन्छ भने कृपया आफ्नो नागरिक अधिकारको सदुपयोग गरौँ भनेर अपील गरिएकाे छ ।