
झापा, ४ कात्तिक । प्रहरीले झापाको काकड्भिट्टाबाट १ लाख चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५/२५ वर्षका पुजा गुल्ठा र कविता मण्डल रहेका छन् । उनीहरुकाे झाेलाबाट चाेरी भएकाे रकम फेला पारिएकाे थियाे ।
मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा अर्जुनधारा नपा २ बस्ने बिमला रोक्का सार्कीको बसमा बिर्तामोड आउँदै गर्दा ब्यागबाट नगद १ लाख रुपैयाँ चोरी भएको थियो ।
आफ्नै साथमा रहेका व्यक्तिहरुले रकम लगेको भन्दै उनले हुलिया दिएकी थिइन् । त्यही हुलियाकाे आधारमा प्रहरीले घटनामा संलग्नलाई नियन्त्रण गरेकाे हाे । रकम लिएर भारततर्फ जान लाग्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाका बारेमा अनुसन्धान भइरहेको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए ।











प्रतिक्रिया