
खरसाङ, ४ कात्तिक । दार्जीलिङ पहाडमा सन् १९९४ देखि सांस्कृतिक जन जागरणको वृहत् अभियान चलाउँदै आएकी आशा मुखिया लामाको नयाँ कृति ‘रहर अक्षर’ आइतबार लोकार्पण भयो ।
यो पुस्तक नेपाली संस्कृति, पहाडी भेकका प्राकृतिक सम्पदा, नाटक, दार्जीलिङ पहाडको राजनैतिक विषयलाई समेटिएर लेखिएका रचनाहरुले भरिभराउ रहेको छ ।
भारतीय नेपालीहरुका सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालयमा आइतबार भव्य कार्यक्रममा ‘रहर अक्षर’ को लोकार्पण मुख्य अतिथि सिक्किम विश्वविध्यालयकी डीन सुपरिचित साहित्यकार डा. कविता लामाको बाहुलीबाट गरियो । गोर्खा जन पुस्तकालयका पूर्व अध्यक्ष तिलक शर्माको अध्यक्षतामा लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।
डा. लामाले यो पुस्तक नेपाली समाजको निम्ति धेरै नै महत्वपूर्ण रहेको बताइन् । पुस्तकको भूमिकामा डा. लामा यसो भन्छिन्, ‘विषयगत विधितता लिएको यस कृति वर्त्तमान परिस्तिथिमा देखिएका कतिपय संवेदनशील विषयहरुलाई केन्द्रमा राखेर अघि बढेको छ ।

परिवारलाई सम्झेर, सहीदलाई सम्झेर, नेपाली समाजबाट लोप हुन लागिरहेका संस्कार संस्कृतिलाई सम्झेर, पुराना दिनहरुलाई सम्झेर, दार्जीलिङको धरोहरलाई सम्झेर लेखिएका यी लेखहरू साँचो अर्थमा अमूल्य निधि भएर प्रस्तुत छन् ।
डा. जस योञ्जन ‘प्यासी’ ले पुस्तक ’रहर अक्षर’ गाडधन रहेको बताए िगोमा सुब्बा र देविका मंग्रातीले संचालन गरेको थिए । यस कार्यक्रममा सुपरिचित युगमगकार कालुसिंग रनपहेंलीले पनि पुस्तक बारेमा वक्तव्य प्रस्तुत गरे ।
पुस्तककी लेखिका आशा मुखिया लामा जसको सक्रियतामा सन् १९९४ मा खरसाङमा गोर्खा सांस्कृतिक संस्थान गठन भएपछि दार्जीलिङ पहाडमा सांस्कृतिक जन जागरण सुरू भएको हो ।
उनकै सक्रियतामा गोर्खा सांस्कृतिक संस्थानले दार्जीलिङ पहाडमा नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउने परम्परा बसाल्न भएको छ । उनी भन्छिन्, आजभन्दा प्रायस् तीन दशक अघिदेखि विभिन्न पत्रपत्रिका, दैनिक समाचारहरूमा प्रकाशित सबै रचनाहरू बटुलेर सम्बन्धित विधा र क्षेत्र क्रमानुरुपमा सजाउने कार्य कार्य भयो ।
स्वजातीय स्वजातीय संस्कृति संरक्षण र सम्वर्धन हेतु आफ्नो बुताले भ्याएजति कार्य संचालन गर्दै आइरहेको हुनाले संस्कृति पक्षका रचनाहरुलाई पनि स्थान दिने अभिलाषा मनभित्र पालुराखेकी नै थिएँ ।’
‘रहर अक्षर’को प्रकाशक उनका पति पारस लामा हुन् । उनीहरूको वैवाहिक बन्धनको चालीसौं वर्षगाँठको सुखद अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो ।
१८ वटा रचनाहरूले भरिएका यस पुस्तकमा सांस्कृतिक जागरण, राजनैतिक विषय, व्यक्ति परिचय, सहिदप्रति श्रद्धाञ्जली, संस्मरण, नाटक समीक्षाजस्ता लेखहरू समावेश रहेको छ ।















प्रतिक्रिया